पोखरामा चुरोट, रक्सी, मोबाइलदेखि मोटरसाइकल चोरीको आरोपमा ४ जना प्रकाउ

पाेखरा | बैशाख १७, २०८०

पोखरामा चुरोट, रक्सी, मोबाइलदेखि मोटरसाइकल चोरीको आरोपमा ४ जना प्रकाउ

पोखरा:    कास्की प्रहरीले पोखरामा चोरीको आरोपमा ४ जना युवकहरुलाई प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका १६ दिपमा शंकास्पद अवस्थामा वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले चोरीका सामानसहित प्रकाउ गरेको हो । 


प्रकाउ पर्नेमा धादिङ स्थायी घर भई पोखरा महानगर ९ पृथ्वीचोक बस्ने २९ वर्षीय राजकुमार परियार, पोखरा १३ वस्ने २४ वर्षीय विनोद परियार, गोरखा स्थायी भई पोखरा १३ बस्ने ३१ वर्षीय राजकुमार नेपाली र २५ वर्षीय अर्जुन नेपालीलाई चोरीको आरोपमा प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ ।


प्रकाउ परेको ४ जना युवकको साथबाट ल्याप्टप किर्बोड, माउस र चार्जर १/१ थान, विभिन्न कम्पनीका मादक पदार्थ (रक्सी)का बोतल ११ थान, पहेंलो रंगका रेडबुल १५ थान, चुरोट ४ बट्टा, विभिन्न कम्पनीका मोबाईल ४ थान, फलामको रड र ग ५ प २७३५ नम्बरको मोटरसाइकल समेत बरामद गरेको हो । 

 
प्रकाउ परेका ४ जनालाई जिल्ला अदालत कास्कीबाट चोरी चोरी सम्बन्धी मुद्दामा  ७ (सात) दिनको म्याद थप गरी अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्